धनगढी । थारु गित संगीतको क्षेत्रमा एकपछि अर्को नयां नयां गित संगीत तथा म्युजिक भिडियोहरु दिन प्रतिदिन सार्बजनिक भईरहेका छन् ।

यहि क्रममा बजारमा भर्खरै मात्र फुला मैंयाके गितको बोल रहेको नयां थारु म्युजिक भिडियोे सार्बजनिक हुने तयारी रहेकोछ । सुदुरपश्चिमकै ठुलो एसटीएस सिनेमा हलमा आउंदो चैत्र १७ गतेका दिन म्युजिक भिडियो सार्बजनिक गर्ने निर्माण पक्षले जनाएकोछ ।


हालै सार्बजनिक हुने गीतमा शब्द सुमन चौधरी संगीत आरके थारु तथा कम्पोजिशन गणेश चौधरीको रहेकोछ । गायिका समिक्षा चौधरी र गायक आर के थारुको समधुर स्वरमा सजिएको गितमा नृत्य निर्देशन आदर्श महतो छांयांकन दयाशंकर चौधरीको रहेकोछ । म्युजिक भिडियोमा मोडल ममता चौधरी र फुलराम चौधरीको अभिनय रहेको जनाईएको छ । म्युजिक भिडियो चैत्र १७ गते सेबिल ईन्टरटेण्मण्ट यूट्युब च्यानल बाट सार्बजनिक हुने जनाईएको छ ।