धनगढी । सुदुरपश्चिम प्रदेश सरकारका नवनियुक्त बिना विभागीय मन्त्री लक्ष्मण किशोर चौधरीलाई शुभकामना तथा बधाई कार्यक्रम गरिएको छ ।


धनगढी स्थित होटल बसेरामा राष्ट्रिय थारु कलाकार मञ्च सुदुरपश्चिम प्रदेश कमिटीको आयोजना तथा सुपक थारु सलिमा पहुराको समन्वयमा शुभकामना तथा बधाई कार्यक्रम गरिएको हो ।

नागरिक उन्मुक्ति पार्टी कैलाली जिल्ला निर्वाचन क्षेत्र नं. १ प्रदेश ख बाट निर्वाचित माननीय मन्त्री चौधरीले शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै कलाकार एवम खेलाडीहरु राष्ट्रका गहना मात्र नभएर राष्ट्रको अँगको रुपमा रहेको बताउनु भयो । सुदुरपश्चिम प्रदेश सरकारले कलाकार लाई अलग राखेर एकलौटी पुर्ण हुन नसक्ने उनको जिकिर थियो । अब आउने बजेटमा आफु सरकारमै रहेर कार्य सम्पादन गर्न पाए सरकारले आप्नो निती तथा कार्यक्रममा कलाकारहरुलाई सम्मान हुने किसिमको योजना ल्याउने प्रतिबद्धता पनि जनाउनुभयो ।


कार्यक्रममा नवनियुक्त मन्त्री चौधरीलाई राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष संगत थारु, सुपा कला प्रतिष्ठानका अध्यक्ष अम्बिका आचार्य , सुपक थारु सलिमा पहुराका गोविन्द मुखिया लगायतकाले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गरेका थिए ।