सागर चौधरी / बौनिया । बर्दगोरीया गाउँपालिका वडा नम्बर ६ मा स्थानीय महिलाहरु आफ्नो गाउँ आफै बनाउ भन्ने उद्देश्यका साथ लागी परेका छन ।




बाल कल्याण संघ टिकापुरले गठन गरेको जीवन ज्योति महिला समुहले आफ्नो गाउँ आफै बनाउ भन्ने उद्देश्यका साथ रोड सरसफाई अभियान चलाएका छन ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ स्थित तुल्सिपुर गाउँ लाई मध्यनजर गर्दै छेउछाउमा बाधिएका पशु चौपायाहरुलाई अब उपरान्त नबाध्न सल्लाह संगै सरसफाईमा जुटेका हुन । जीवन ज्योति समुहका महिलाले प्रत्येक महिनाको २४ गते तुल्सिपुर देखि वडा कार्यालय सम्म रोड / खानेपानी धारा सरसफाई अभियान चलाएका छन


स्वास्थ्य नै सबै भन्दा ठुलो धन हुदा जीवन ज्योति समुहका महिलाहरुले जथाभावी सडकमा पेड , दइफार सिसा जस्ता सामाग्री नफल्ना अग्रह गरे साथै सडकमा बाधिएका पशु चौपायाका किला उखारदै सडक सरसफाईमा लागेको अध्यक्ष मन कुमारी कठरियाले जानकारी दिए ।













