काठमाण्डौ । नारायणघाट- मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ ।
आज बिहान पौने ५ बजे तीन नम्बर पुलमा पहिरो खस्दा सडक अवरूद्ध भएको थियो। झन्डै एक घन्टा लगाएर पहिरो पन्छाइएपछि अहिले दुइतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजकुमार तामाङले जानकारी दिए ।


‘पहिरो सानो थियो, पन्छाउन धेरै समय लागेन। अहिले सडक दुइतर्फी नै सञ्चालनमा छ,’ तामाङले भने ।
यसअघि शनिबार अपराह्न ४ बजे इच्छाकामना गाउँपालिका-६ कालीखोलामा पहिरो खस्दा ९ घन्टा सडक दुईतर्फी नै अवरूद्ध भएको थियो ।
तीनवटा स्काभेटर प्रयोग गरी राति १ बजे पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको थियो ।