भदौँ  १८, कैलाली । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका१ स्थित बसन्त मुरारी माध्यमिक विद्यालयको प्राङ्गणमा घैटाफोड तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

CP-HOSPITAL

विगत लामो समय देखि निरन्तर सञ्चालन हुँदै आएको परम्परागत घैटाफोड कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकले जनाएको छ।

कार्यक्रमको मुख्य आकर्षण आकाशे घैटाफोड रहनेछ, जसले कैलाली जिल्लामै आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको छ।

आयोजकका अनुसार यस कार्यक्रमले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै बौनिया बजारको व्यापार,व्यवसायमा समेत सकारात्मक टेवा पुग्ने विश्वास गरिएको छ ।

साथै, कार्यक्रममार्फत बर्दगोरिया धाम को प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

प्रतियोगिताअन्तर्गत आकाशे घैटाफोडमा रु. ५१,०५१,

पाइप चढाइमा रु. ७,५५५, भुईँ घैटाफोडमा रु. ५,०५५

तथा महिलाहरूको कुर्सी दौड प्रतियोगितामा रु. ३,०५५ पुरस्कार निर्धारण गरिएको छ।

धार्मिक आस्था, संस्कृति र सामुदायिक एकतालाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सम्पूर्ण स्थानीयवासी, खेलप्रेमी तथा दर्शकलाई उत्साहपूर्वक सहभागी हुन आयोजकले हार्दिक आमन्त्रण गरेको छ।