के. आर.पाण्डे भजनी । भजनीकी एक क्यान्सरपीडित महिलाले उपचारका लागि आर्थिक सहयोगको याचना गरेकी छिन्।




करिब एक वर्षदेखि हातको क्यान्सरको उपचार गराइरहेकी भजनी नगपालिका- ५ चमरौधा बस्ने जेन्स सागरी चमारले आर्थिक सहयोगको अपिल गरेकी हुन्। भजनी नगरपालिकामा कार्यरत केही मनकारी कर्मचारीहरुले केही सहयोग गरेको भए पनि पर्याप्त नभएको र स्थानीय सरकारले आफू लाई कुनै सहयोग नगरेको बताइन्।



उनको उपचारका लागि भजनी नगर उप प्रमुख राजु तिरुवा,स्वास्थ्य शाखा सह संयोजक लक्ष्मी चौधरी र जनप्रतिनिधिको पहलमा क्यान्सर पीडित महिलालाई आर्थिक सहयोगका लागि लागिरहेको वडा नं ५का कार्यबाहक अध्यक्ष राजेन्द्र खनालले बताए।उनले आफ्नो आर्थिक अवस्था नाजुक भएकै कारण अहिले उपचार गर्न समस्या भइरहेको क्यान्सरपीडित महिलाले गुनासो गरिन्।
थप उपचारको लागि सहयोगी हात हरुले सहयोग गरिदिन हुन हार्दिक अपिल गर्दछौ । क्यान्सर पीडित चमारले आग्रह गरेकी छन्।













