
कैलाली ।नेकपा एमाले कैलाली अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी भएका छन्। ढुङ्गानाले प्रतिसपर्धी डेजी पाण्डेलाई ६९ मतले पछि पार्दै ढुङ्गाना विजयी भएका हुन् । उनको २८७ मत छ भने पाण्डेको २१८ छ। अर्का उम्मेदवार दुर्गा जोशीको ६३ मत रहेको छ ।




उपाध्यक्षमा लोकेन्द्र बहादुर शाही विजयी भएका छन्। शाहीले १९३ मत ल्याउँदा प्रतिसपर्धी दल बहादुर विष्टले १८८ मत ल्याएका छन ।




सचिवमा ममता प्रसाद चौधरी विजयी भएका छन्। चौधरीले २४३ मत ल्याउँदा उनका प्रतिसपर्धी दान बहादुर विश्वकर्माले १५७, मत ल्याएका छन्।उपसचिवमा चूडामणि भट्ट विजयी भएका छन । उनी २५१ ल्याउँदै विजयी भएका हुन । उनका प्रतिसपर्धी भुवन रिजालले १२४ मत ल्याए।
उपसचिव महिलामा गङ्गा कुमारी चौधरी विजयी भएकी छन्। चौधरीले १९९ मत ल्याउँदै विजयी भएकी हुन। उनका प्रतिसपर्धी शान्ति देवि सिंहले १६१ मत ल्याइन।













