खेम राज पाण्डेय, भजनी । कैलालीको भजनी नगरपालिकामा यही फागुन १३ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ ।

खोप अभियानलाई सफल पार्न पालिका स्तरीय समन्वय समिति, संचारकर्मी र सरोकारवाला निकाय संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा दारुरा रुबेला खोपलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको छ ।

भजनी नगरपालिकामा रहेका ९ वटै वडाहरुमा एकैपटक सुरु हुन लागेको खोप अभियानको आवश्यक तयारी पूरा भएको पालिकाको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनुभयो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख चौधरीले फागुन १३ गतेदेखि सुरु हुने खोप अभियान फागुन २० गतेसम्म सञ्चालन हुने बताए ।

उनकाअनुसार खोप अभियान अवधिमा पालिकाभित्रका ९ महिनादेखि १५ वर्ष उमेर समुहका करिब १२ हजार ९सय ४८जना बालबालिकालाई खोप लगाइनेछ । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख चौधरीले यो अभियानमा लगाइने खोप थप मात्र भएकाले पहिला जतिपटक लगाएको भए पनि यो खोप लगाउनुपर्ने बताए ।

उनले दादुरा रुवेला रोगबिरुद्धको राष्ट्रिय खोप अभियान सफल पार्नका लागि स्वाथ्यकर्मी १०४ जना र १५६जना स्वयम सेविका परिचालन गरिने भएको छ।साथै सम्पूर्ण सरोकारवालाहरु निकायहरुलाई आग्रह समेत गरेका छ्न । खोप अभियानका लागि पालिका भित्र रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय, स्थानीय खोप केन्द्र, आधारभूत स्वास्थ्य सेवा केन्द्र, गरि ५२ वटा केन्द्र तोकिएको छ ।

दादुरा–रुबेला भएका बेला ज्वरो आउने, शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने जस्ता लक्षण दखिने भन्दै समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै निमोनिया, कान पाक्नेलगायत समस्या हुने र बालबालिकाको मृत्यु नै हुनसक्ने भएकाले भएकाले खोप अनिवार्य मानिएको छ ।

चिकित्सकका अनुसार सामान्यतयाः दादुरा–रुबेला लागेका बिरामीमा आँखा पाकेर अन्धो हुने, कान पाकेर नसुन्ने, निमोनिया भएर श्वासप्रश्वास फेर्न समस्या देखिन्छ ।उक्त अभिमुखीकरण कार्यक्रम नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष,कार्यपालिका सदस्य,पालिका स्तरीय समन्वय समिति,संचारकर्मी र सरोकारवाला निकाय लगाएतको सहभागिता रहेको थियो।कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी र लक्ष्मी चौधरीले गर्नु भएको थियो। नेपाल सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग पूर्णरुपमा निवारण गर्ने उदेश्य राखेको छ ।