असार २७, काठमाण्डौ । धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खानेपानी आयोजनाको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ ।



खानेपानी उपभोक्ता समितिका अध्यक्ष सूर्यनारायण महताले खानेपानी आयोजनामा जडान गरिएको ५० केभीको ट्रान्सफर्मर चोरी भएको बताउनुभयो । उहाँका अनुसार पोलमा जडान गरिएको ट्रान्सफर्मर भुईँमा झारेर त्यसभित्र रहेका तामाका तार र तेल निकालेर चोरी गरेर लगेका छन् । ट्रान्सफर्मरको बाँकी भाग भने सोही ठाउँमा छोडिएको अवस्थामा फेला परेको छ ।



अध्यक्ष महतोले ट्रान्सफर्मर चोरी भएपछि यहाँका सात सय धारामा पानी आपूर्ति बन्द भएको बताउनुभयो । उहाँले घटनाबारे स्थानीय प्रहरीलाई जानकारी गराएकोे जानकारी दिनुभयो ।













