बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेका किसानलाई बेमौसमी रूपमा नयाँ जातको आलुको बिउँ वितरणको कार्य थालिएको छ ।

CP-HOSPITAL


पछिल्लो समय बर्दगोरियामा गरिदै आएको पुरानो जातको आलुको उत्पादनमा ह्रास आउदै गएपछि बेमौसमी रूपमा नयाँ जातको आलु अन्तरगत (कुमाल सेतो १) जातको बिउँ वितरण गरिएको हो । किसानलाई ५० प्रतिशत अनुदानमा सो बिउँ वितरण गरिएको हो । मंगलबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले किसानलाई नयाँ जातको आलुको बिउँ (कुमाल सेतो १) वितरण कार्यको उद्घाटन गरेका छ्न ।

पालिकाको कृषि शाखाकाअनुसार गतवर्ष जुम्लामा उत्पादन हुँदै आएको कुमाल सेतो १ जातको आलुलाई यहाँ बेमौसमी रूपमा परीक्षण गरिएको थियो । जसअनुसार उत्पादनमा राम्रो वृद्धि देखिएपछि किसानको आकर्षण गतवर्ष भन्दा यो वर्ष दोब्बर देखिएको छ । आलुको गुणस्तरीय बिउँ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बिउँको विस्थापित र बिउँ आलुमा आत्मनिर्भर बनाउन यसले ठूलो फाइदा पुग्ने पालिकाका कृषि शाखा प्रमुख झङ्कर रावतले बताए ।

उनले पछिल्लो समय राशायानिक मलको बढ्दो प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास आउनुका साथै मौसम परिवर्तनको असरले किसानले लगाउदै आएको पुरानो आलुको उत्पादन घट्दै गएपछि गतवर्ष देखि पालिकामा जुम्लामा उत्पादन हुदै आएको कुमाल सेतो १ जातको आलुको बेमौसमी खेती सुरु गरिएको हो । जसका लागि किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बिउँ वितरण गरिदैछ ।


बर्दगोरिया गाउँपालिकामा आलु खेती भएपनि बर्षौदेखि एउटै बिउँको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोग किराको समस्या देखियो,’ उनले भने ‘गुणस्तरीय बिउँ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले यो कार्य थालिएको कृषि शाखा प्रमुख रावतले बताए ।


पालिकामा बेमौसमी रूपमा कुमाल सेतो १ जातको आलु खेती गर्न इच्छुक किसान, किसान फार्मलाई ५० प्रतिशत अनुदानमा बिउँ बितरणको कार्य थालिएको बर्दगोरिया ६ मा रहेको कृषि इकाई प्रमुख आशिका कठरियाले बताइन ।
पालिकामा बेमौसमी रूपमा थालिएको कुमाल सेतो १ जातको आलु तीन महिनामै उत्पादन हुने अपेक्षा राखिएको छ । जसले उत्पादन शक्ति बढाउनुका साथै पालिकालाई आलुमा आत्मनिर्भर गराउन मद्दत पुर्याउने छ ।