असार २०, काठमाण्डौ । फिफा विश्वकप फुटबल प्रि–क्वाटरफाइनल समीकरण पूरा भएको छ । नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई एक गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेसँगै अन्तिम–१६ को समीकरण पूरा भएको हो।



चार पटकको पूर्वविजेता जर्मनीसहित क्रोएसिया, नेदरल्यान्ड्स, जापान, सेनेगल, नवप्रवेशी केब भर्डेजस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन् । अब प्रि–क्वाटरफाइनलमा क्यानडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ग्ल्यान्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विट्जरल्यान्ड र कोलम्बियाले खेल्ने भएका छन् ।



प्रि–क्वाटरफाइनलको पहिलो खेलमा आजराति नेपाली समयअनुसार पौने ११ बजे घरेलु टोली क्यानडा र मोरक्को तथा भोलि बिहान पौने ३ बजे पाराग्वे र फ्रान्सबीच खेल हुनेछ । त्यस्तै ब्राजिल र नर्वेबीच आइतबार मध्यराति पौने २ बजे खेल हुनेछ ।
सोमबार बिहान पौने ६ बजे मेक्सिको र इंग्ल्यान्डले खेल्ने छन् । सोमबार मध्यराति पौने १ बजे पोर्चुगल र स्पेनले खेल्दा मंगलबार बिहान पौने ६ बजे आयोजक अमेरिका र बेल्जियमबीच खेल हुनेछ । त्यस्तै मंगलबार रातको पौने १० बजे अर्जेन्टिना र इजिप्ट तथा मध्यराति पौने २ बजे स्विट्जरल्यान्ड र कोलम्बियाले खेल्नेछन् ।













