के. आर. पाण्डेय, भजनी । कैलालीको भजनीमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल तथा विकासका लागि युवा एक्यवद्धता ( YARD) धनगढी , कैलालीको साझेदारिमा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तरगत भजनी नगरपालिकाका ८ वटा विद्यालयको विद्यालय स्तरमा अन्तर पढाइ शिबिर स्तरीय पढाइ दौड प्रतियोगिता सम्पन्न भयको छ।

फाल्गुन ४ र ५ गते पढाइ दौड प्रतियोगिता गरिएको थियो । कक्षा १, २ र ३ कक्षा मा अध्यनरत विद्यार्थीहरु प्रतियोगिता मा सहभागी भएका थिए । प्रतियोगितामा अक्षर चिनारी, शब्द चिनारी र पठन, वाक्य लेखन, चित्रकला प्रतियोगिता गरिएको थियो ।

कक्षा शिक्षक , अभिभावक र बालबालिकाको सहभागितामा पढाइ दौड प्रतियोगिता आयोजना गरिएको यार्डका फिल्ड अफिसर पिताम्बर पौडेलले जानकारि दिए ।

बालबालिका र अभिभाबकको पढाईमा मनोबल बृद्धि गरि पढाइ सस्कृतिको विकास गर्ने उदेश्य ले प्रतियोगितको आयोजना गरिएको पौडेलले जानकारि दिए। कार्यक्रमको आयोजना पढाइ शिबिरका सहजकर्ताहरुले गरेका थिय । हाल भजनिमा २५ वटा पढाइ शिबिरहरु सञ्चालनमा छन् ।