जेठ २७, कैलाली । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सहजपुर शाखाले चुरे गाउपालिका ६ कोटमा  शेयर सदस्य राधा कुमारी बुढामगरलाई आर्थिक सहयोग प्रदान गरेको छ।

CP-HOSPITAL

श्रीमानकाे निधनपछि शोकमा रहेकी बुढामगरलाई संस्थाको सदस्य सुरक्षण कोस कार्यक्रमअन्तर्गत रु. १ लाख ३८ हजार बराबरको आर्थिक सहायता प्रदान गरिएको हो। संस्थाले आयोजना गरेको श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो।

साथै दिवंगत सदस्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो। कार्यक्रममा संस्थाका कर्मचारी, सदस्य तथा स्थानीय समुदायको उपस्थिति रहेको थियो। सहकारीले सदस्यहरूको सुख–दुःखमा साथ दिने उद्देश्यले सञ्चालन गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हाे ।