जेठ २२, काठमाण्डौ ।नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय फेरि थप गरेको छ । अब सदस्यता अद्यावधिक जेठ २८ गते राति १२ बजेसम्म गर्न सकिने भएको छ ।

CP-HOSPITAL

नेपाली कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक तथा महामन्त्री प्रदीप पौडेलले यसबारे जानकारी दिएका हुन् । बिहीबार बसेको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले देशभर सदस्यता अद्यावधिकको काम राम्रोसँग अघि बढिरहेको निष्कर्ष निकालेको थियो ।

पार्टीका विभिन्न तहबाट समय अपुग भएको गुनासो आएपछि अन्तिम पटकका लागि समय थप गर्ने निर्णय गरिएको बताइएको छ । महामन्त्री पौडेलले तोकिएको समयभित्र सबैलाई आफ्नो सदस्यता अद्यावधिक गरिसक्न आग्रह गरेका छन् ।