खेम राज पाण्डेय भजनी । कैलालीको भजनीमा जारी भजनी महोत्सवको आठौं दिन कलाकारको प्रस्तुति हेर्न दर्शकको घुईंचो लागेको छ ।


कला, साहित्य कृषि र ब्यापार हाम्रो पहिचान भजनी क्षेत्रको सर्वाङ्गीण विकास हाम्रो अभियान भने मूल नारा साथमा भजनी महोत्सब २०८० को आठौं दिन गायिका एलिना चौहान ,गायक लाल बहादुर थापा,मोडल टीका जैशी, रिया चौधरी , हाँस्य कलाकार गुडूमुण्डे जोडीको प्रस्तुतिले दर्शक रमाएका थिए।




महोत्सबमा गायिका एलिना चौहान र गुडूमुण्डे जोडीले दर्शकलाई लोभ्याएको छ । गायिक एलिना चौहानले गित गाउने क्रममा दर्शक गितमा अत्याधिक हुटिङग सहित नाचेका थिए भन गायक लाल बहादुर थापाका गितमा दर्शकले नाच्नुका साथै देउडा खेल खेलेका थिए ।

महोत्सबको आठौ दिन ६ हजार भन्दा बढि दर्शकले महोत्सबको अवलोकन गरेको टिकट व्यवस्थापन उपसमितीका संयोजक दिनेश कुमार किसीले जानकारी दिए ।भोलि नौं दिन चर्चित गायक राम जी खाण, गायिका सपना शाही र गायिका तथा उद्घोषिका उमा देवी खनाल लगायत स्थानिय कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिए।

महोत्सबमा स्थानिय र राष्ट्रिय कलाकारहरुका प्रस्तुति रहने छन्।