बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा न ५ मा स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएकाे छ ।




श्री जनता आधारभुत विद्यालय व्यवस्थापन अध्यक्ष राम चन्द्र कठरियाकाे अध्यक्षतामा बर्दगोरिया गाउँपालिका वडा न ५ का वडा अध्यक्ष भोलेराम चौधरीको प्रमुख आतिथ्यता एव वडा सदस्य सोनिया देवि डगौराको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे ।




प्रमुख अतिथी वार्ड नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरीले आफुले निर्वाचन पश्चात् स्थानीय स्तरमा खेलकुदको पहुच अभिवृद्धि गर्ने विद्यार्थीहरु लाई शैक्षिक क्षेत्रमा नभएर खेलकुदको माध्यम बाट शारीरिक तथा मानसिक हिसाबले अब्बल गर्ने उदेश्य सहित प्रतियोगिताको संचालन गरिएको र अगामी वर्ष समुदायिक विद्यालय तर्फका अनाथ विद्यार्थी बाल बालिकाहरु लाई विशेष प्रोत्साहन का लागि केहि रकम विनियोजित गर्ने प्रतीबद्वता गरेका छन ।




प्रतियोगितामा वडा ५ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरु श्री जनता आ. वि,श्री सरस्वती आ.वि ,श्री न्यु स्टार पब्लिक स्कुल ,श्री नारायण आ.वि ,कैलाली ज्ञानज्योति स्कुल गरी जम्मा ५ वटा विद्यालयको सहभागी रहेको थियो ।






प्रतियोगितामा आधारभुत तहका छात्रा /छात्र तर्फ म्युजिकल चैर , जेरि दौड , हिसाब दौड ,लेखक सीप ,पढ्ाई सिप, चित्र कला, भलिबल , हाइजम्प, लङ्जम्प , दौड, सतपुत दौड , कबड्डी , र हाजीरी जबाफ लगायत भएको थियोे ।
