बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा न ५ मा मंगलबार देखि प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ ।


वडा नम्बर ५ को कार्यालयको आर्थिक सहयोगमा जनता आधारभुत विद्यालयको आयोजनामा स्वास्थ्यको लागि  खेलकुद  राष्ट्रियको लागि खेलकुद भन्ने मुल नाराका साथ संचालन हुन लागेको प्रतियोगिताको मंगलबार बर्दगोरिया गाउँपालिकाको अध्यक्ष  कर्ण बहादुर कुवँरले उद्घाटन गर्नु हुने छ।

प्रतियोगितामा वडा ५ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरु सहभागी हुने छ्न । प्रतियोगितामा आधारभुत तहका छात्रा /छात्र तर्फ म्युजिकल चैर , जेरि दौड  , हिसाब दौड ,लेखक सीप ,पढ्ाई सिप, चित्र कला, भलिबल , हाइजम्प, लङ्जम्प , दौड, सतपुत दौड , कबड्डी , र हाजीरी जबाफ लगायत हुने छ्न ।

स्थानीय स्तरमा खेलकुदको पहुच अभिवृद्धि  गर्ने विद्यार्थीहरु लाई शैक्षिक क्षेत्रमा नभाएर खेलकुदको माध्यम बाट शारीरिक तथा मानसिक हिसाबले अब्बल  गर्ने उदेश्य सहित प्रतियोगिताको संचालन गरिएको आयोजक विद्यालयले जनाएको छ ।