धनगढी। कैलालीको धनगढी स्थित एक पसलमा आगलागी भएको छ।

CP-HOSPITAL


धनगढीस्थित साल्ट ट्रेडिङ भवनमा रहेको एक पसलमा आगलागी भएको हो। साल्ट ट्रेडिङकै भवनमा रहेको पाथीभरा इन्पोरियम नामक पसलमा आगलागी भएको हो।


जुत्ताचप्पलको पसलमा आगलागी भएको छ। आगलागीबाट सामानहरु जलेका छन्। सबै सामान बाहिर फालिएको छ। दुईवटा दमकलको सहायताबाट आगो नियन्त्रणमा लिने काम भएको छ। आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ।