कैलाली । जिल्लाको बर्दगोरिया गाउँपालिकामा २४ कुण्डिय गायत्री महायज्ञ संचालन हुने भएको छ । अखिल विश्व गायत्री परिवार प्रज्ञा मण्डल बर्दगोरियाको आयोजनामा आगामी वैशाख ११ गतेदेखि महायज्ञ संचालन हुन लागेको हो ।


पालिकाको वडा नम्बर १ स्थित कट्टिपुरमा संचालन हुन लागेको २४ कुण्डिय गायत्री महायज्ञमा भारतको प्रज्ञा अभियान शाँन्तीकुन्ज हरिद्धारका धर्म गुरुको विशेष उपस्थिति हुने जनाइएको छ । भारतको प्रज्ञा अभियान शाँन्तीकुन्ज विश्वविद्यालय हरिद्धारद्धारा संचालित ज्ञान, यज्ञ, कथाहरुको लोकप्रियता सबै भन्दा महत्वपुुुर्ण मानीन्छ । पावन प्रज्ञा पुुरान कथाको बिशेष एउटा प्रकाश स्तम्भ हो ।





महायज्ञका माध्यमबाट मानवमा आचिन्ता चिन्तनलाई परिवर्तन गरेर समाजमा नैतिक मूल्यको स्थापना गर्न मुख्य उद्धेश्य रहेको आयोजकले जनाएको छ ।महायज्ञको उद्घाटनका दिन बृहत कलशयात्रा गरिनेछ । यसैगरी लागू पदर्थ दुर्व्यसनी न्यूनीकरण सम्बन्धि पर्चा पम्पलेट समेत राखिनेछ । महायज्ञलाई लक्षित गरि बिहिवार ९० दिन अगाबै स्थल परिसरमा भुमी पुजा गरिएको छ ।

भुमी पुजन कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकिय अधिकृत प्रकाश ढुंगाना ,वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमको उपस्थिति रहेको थियो । कुनै पनि शुभ कार्य गर्नु पहिला भुमी पुजा गर्नुले भुमी सुद्द हुने र कार्य सफल हुने भएको हुँदा पुजा गरिएको अखिल विश्व गायत्री परिवार प्रज्ञा मण्डलको भनाई छ ।

मानवले जीवन जिउने कला प्रज्ञा पुराणको विशेषता भएको उल्लेख गर्दै भक्तजनलाई महायज्ञमा सहभागी हुन आग्रह गरिएको छ । वैशाख ११ गतेदेखि सुरु हुने महायज्ञ १४ गतेसम्म संचालन हुनेछ ।