बौनियाँ । पछिल्लो केही दिनयता चिसोका कारण जनजीवन प्रभावित बन्दै गइरहेको बेला कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ ले भने यहाँका ज्येष्ठ नागरिक तथा (ग) र (घ) वर्गका अपांगता भएका नागरिकहरूलाई न्यानोका लागि सिरक र डस्ना वितरण गरेको छ ।   

वडा नम्बर ५ ले आर्थिक बर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत लक्षित वर्गतर्फ बिनियोजित बजेटबाट २४ जना दलित जेष्ठ नागरिक, २५ एकल महिला र ३७ (ग) (र घ)वर्ग भएका अपाङ्गता व्यक्तिहरु गरि ८६ जनालाई न्यानो सिरक र डस्ना वितरण गरेको हो ।   

सोमबार एक कार्यक्रमकाबिच बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरिले उनीहरूलाई कपडा वितरण गरेका थिए । सो क्रममा अध्यक्ष कुँवरले आफुले निर्वाचन पश्चात् ( क) र (ख) वर्गका अपांगता भएका व्यक्ति , जेष्ठ नागरिक र अशक्तलाई न्यानो कपडा सहित नगद रकम बाडेको भन्दै आगामी वर्ष पनि आफ्नो सेवा सुबिधाबाट आएको पैशाले फेरि पालिका भरका लक्षित वर्ग र समुदायका नागरिकलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।  

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले ज्येष्ठ नागरिकलाई जाडो मौसममा न्यानो होस भन्ने उद्देश्यले वडा  नम्बर ५ ले उनीहरूको सम्मानका साथै स्थानीय सरकारको अनुभुती गराउन न्यानो कपडा बाडेको बताए ।   कार्यक्रमको समापन गर्दै वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीले वडाले यसअघि (क) र (ख) वर्गको अपांगता भएका व्यक्तिले मात्रै राज्यबाट सेवा सुविधा पाउदै आएको भन्दै आफुले वडाका जेष्ठ नागरिक, दलित , एकल महिला तथा (ग) र (घ) वर्गका अपांगता भएका व्यक्तिलाई समेटी न्यानो कपडा बाडेको बताए ।

पछिल्लो केही दिन यता लगातारको चिसो र शितलहरबाट जनजीवन प्रभावित बन्दै गएको बेला न्यानो कपडा सिरक र डस्ना प्राप्त गरेपछि जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरु खुसी भएका छन ।