खेम राज पाण्डे भजनी । भजनी उद्योग वाणिज्य संघले “कला, साहित्य, कृषि, शिक्षा र व्यापार हाम्रो पहिचान-भजनी क्षेत्रको सार्वाद्रिण विकास हाम्रो अभियान” भन्ने मूल नाराका भजनी महोत्सव २०८० को आयोजना गर्ने भएको छ ।


संघले आज पत्रकार सम्मेलन गरी महोत्सव माघ २५ देखी फागुन ८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ । संघका अध्यक्ष प्रेम राज जोशीले विगतका वर्षहरु झैं यसवर्ष पनि महोत्सवलाई निरन्तरता दिन खोजेको बताए । उनले संघ आयोजक भएपनि महोत्सव सम्पूर्ण भजनीबासीको साझा पर्व भएकाले सहयोगका लागि आग्रह गरेका छन ।




महोत्सव सफलतापूर्वक सम्पन्न गर्न विभिन्न व्यक्ति र संघसंस्थाहरुसँग छलफल भैरहेको र विगतका वर्षहरु झैं महोत्सव सफल बनाउन यसवर्ष पनि सबैको सहयोग रहनेमा आशावादी रहेको संघका सचिव जय बहादुर बुढाले बताए । महोत्सवमा स्थानीयदेखी राष्ट्रिय स्तरका कलाकारहरुको प्रदर्शनी रहने बताईएको छ । यसका साथै महोत्सवका कृषि, विज्ञान प्रर्दशनी समेत हुनेछ । महोत्सवस्थलमा थारु गाउँ समेत निर्माण गरिने भएको छ ।


यसअघिका वर्षहरुमा समेत महोत्सवस्थलमा थारु गाउँमा थारु कला, संस्कृति प्रर्दशन गर्नुका साथै,राजी समुदायका कला संस्कृति पनि प्रर्दशन गरिने महासचिव नैन बहादुर चौधरीले बताए। यसका साथै महोत्सवस्थलम स्थानीय उत्पादन लगायतको समेत प्रर्दशनी गरिनेछ ।