धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ नेकपा माओवादी केन्द्रले संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाइएको छ। शुक्रबार धनगढीमा बसेको संसदीय दलको बैठकको बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट भट्टलाई हटाइएको हो।

CP-HOSPITAL

बहुमत प्रदेश सभा सदस्यको निर्णय गरेर दलको नेता परिवर्तन गरिएको हो। भट्टलाई हटाएर अब मानबहादुर धामीलाई दलको नेता बनाइएको छ। प्रदेश सभा सदस्य लक्ष्मी विकका अनुसार बहुमतबाट यो निर्णय लिइएको हो। नयाँ संसदीय दलका नेता धामी दार्चुलाबाट निर्वाचित भएका हुन्।

धामी सुदूरपश्चिममा वनमन्त्री भइसकेका छन्। सुदूरपश्चिममा माओवादी अहिले २ मन्त्री र १ राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ।