बौनिया। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको आदर्श सामुदायिक बिद्या मन्दिर को आयोजनामा १ दिने नि:शुल्क दाँत परिक्षण सुरु हुने भएको छ।




बिद्यालयका अनुसार माघ १६ गते शहिद दिवसको अवसरमा नि:शुल्क दाँत परिक्षण हुने आयोजक ले जानकारी दिएको छ। मालिका डेन्टल प्रा.लि क्लिनिक बौनिया र जेसिस बौनिया २०२४ बर्ष को सहकार्य मा सुरु हुने भएको छ।




उक्त निशुल्क दाँत परिक्षण बिहानको ११:३० बजे देखि ठिक ३ बजे सम्म संचालन हुने आदर्श सामुदायिक बिद्या मन्दिर का प्रधानाध्यापक विकास थापा ले जानकारी दिएका छन्। आदर्श सामुदायिक बिद्या मन्दिर का बिद्यार्थी हरु माथि दातको कुनै पनि समस्या नहोस भन्ने उद्देस्य का साथ यो परिक्षण सुरु हुन् लागेको हो। हामी ले बर्ष मा पढाई मात्र नभई सबै मा ध्यान दिनु पद्छ। हामीले बिद्यार्थी लाई थुप्रै अतिरिक्त क्रियाकलाप मा पनि अगाडी बढाएका छौ त्यस क्रममा हामी ले हाम्रा बिद्यार्थी का स्वास्थ्य लाई मध्य नजर गरि १ दिने निशुल्क दात परिक्षण आयोजना गर्न लागेका हौ।



यसै गरि आयोजक आदर्श सामुदायिक बिद्या मन्दिर ले जेसीस बौनिया २०२४ र मालिका डेन्टल प्रा. लि क्लिनिक बौनिया लाई धेरै धेरै धन्यवाद दिएको छ।


