
सागर चौधरी / बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका अन्तर्गतका विद्यालयमा ३ दिन जाडो विदा दिइएको छ । गाउँपालिकाको माघ ७ गते बसेको बैठकबाट माघ ८ देखि १० गते सम्म विदा दिने निर्णय गरिएको हो ।




प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाद्धारा हस्ताक्षतिर सूचनामा मौसममा सुधार नभइ चिसो बढ्दै गएकाले विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले विदा दिइएको उल्लेख छ ।









