बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया पौष २७ गते बाट सुरु भएको बर्दगोरिया धार्मिक पर्यटकीय सास्कृतिक माघी मेला २०८० को समापन भएको छ ।

बर्दगोरिया बिकास क्षेत्र तथा संरक्षण मञ्चका अध्यक्ष जगराम चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि कार्यक्रममा बिशिस्ट अतिथी पालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।

कार्यक्रममा मञ्चका सचिव नवीन ढुंगानाको धन्यवाद मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम , २ का अध्यक्ष गोबिन्द बि क, ३ का अध्यक्ष मनऋषी आचार्य ,सडकपुर खानेपानी उपभोक्ता समुहका अध्यक्ष भोजराज भट्ट , सहारा घरका संचालक बल बहादुर बिष्ट लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

मेलामा बिधालय स्तरिय नृत्य प्रतियोगिताका बिजेताहरुलाई प्रमाणपत्रले सम्मान सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो ।

विगत २१ सय वर्षदेखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारका साथै भजन किर्तन, रामलीला पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

माघी मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको विकास, प्रचारप्रसार र पहिचानको संरक्षणका साथै आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्ने गरि मेलाको आयोजना गरिएको थियो ।

बर्दगोरिया धाममा माघीमा परापुर्बकाल देखिनै ठुलो मेला लाग्ने गरेको छ । ‘विशेष त थारु जातिले नयाँ बर्षका रुपमा लिदै आएको माघ महिनामा मेला कैलालीका विभिन्न क्षेत्र र बर्दियाका साथै भारतका तिकुनिया, शिंघाई बाट मेला अवधिभर करिब ५० हजार भक्तजन तथा पर्यटकले अवलोकन गरेका छन ।