के. आर.पाण्डेय भजनी । कैलालीको भजनी न.पा.७ चर्रा बजारका व्यवसायी उमेश कठरियाले स्वर्गिय बुवा चुन्नुराम कठरियाको सम्झनामा आफ्नो वडा भित्रका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरेका छन् ।

अत्याधिक चिसो बढे पछि करिब एक लाख तीस हजार पाच सय बराबरको न्यानो कपडा बितरण भएको बताएका छन्।भजनी -७ का ८६ जना ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरेका हुन ।

उमेश फेन्सी स्टोरका प्रोप्राईटर उमेश कठरीयाले स्वर्गिय बुवा चुन्नु राम कठरियाको सम्झनामा वडाका ज्येष्ठ नागरिकहरुलाई ज्याकेट, ट्राउजर र मोजा लगाएतका न्यानो कपडा वितरण गरिएको हो।

जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी रहनु भएको उक्त कार्यक्रममा उपप्रमुख राजु तिरुवा , वडा अध्यक्ष अमर बहादुर कठरिया, राजनीति दलका प्रतिनिधि , सुरक्षाकर्मी , भलमन्सा र पत्रकारको उपस्थित भएको थियो।

उक्त अवसरमा नव राज मिश्र,टंक प्रसाद जोशी,फूल राम कठरिया र प्रमोद कुमार साह लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो। कार्यक्रम सभाध्यक्ष फेन्सी स्टोर का संचालक उमेश कठरिया रहनु भएको थियो।कार्यक्रमको स्वागत् मन्तव्य मान बहादुर कठरिया गर्नु भएको कार्यक्रमको सञ्चालन जय कठरियाले गर्नु भएको थियो।