
बौनिया । बर्दगोरियामा जारी बर्दगोरिया धार्मिक पर्यटकिय तथा सांस्कृतिक माघि मेलामा आज मोडेल सदिच्छा चौधरीको प्रस्तुतीमा दर्शकहरुले मनोरञ्जन लिएका छन । चौधरीले आफ्ना उत्कृष्ट गितहरुबाट दर्शकलाई झुमाएकी थिईन ।




मदुवा २ , मोरे दुलुरु लाल लगायतका गितहरुमा दर्शकहरु रमाउनुका साथै आनन्दीत भएका थिए । स्टेजबाट दर्शक नजिकै आएकी उनले दर्शकहरुलाई आफ्ना प्रस्तुतीबाट मनोरञ्जन दिन सफल भएकी थिईन ।




सोमबार बर्दगोरिया धार्मिक पर्यटकिय तथा सांस्कृतिक माघि मेलामा महालाेक गायक मनिराम करियामघरिया र साेमति थारुको प्रस्तुती रहने कलाकार संयोजक बिर चौधरीले जानकारी दिए । उनका अनुसार मनिराम , सोमाती सँगै बर्दगोरिया धार्मिक पर्यटकिय तथा सांस्कृतिक माघि मेलामा सोमबार कलाकारहरु अमिशा लामा , दिपिका गह , र भरत ताम्राकार लगायत विद्यालय स्तरीय नृत्य प्रतियोगिताको पनि प्रस्तुती रहनेछ ।






