खेम राज पाण्डेय,भजनी । कैलालीको भजनीमा UNPRPD र UNWOMAN को आर्थिक सहयोगमा, राष्ट्रिय आदिवासि जनजाति अपाङ्ग महिला संघ नेपालको संयोजन, भजनी न.पाको समन्वय र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल शुदुर पश्चिम प्रदेशको आयोजनामा भजनी नगर क्षेत्रका अपाङ्गताहरुलाई १ दिने पुर्नताजकी तालीम दिइएको छ ।




त्रीबेणि अपाङ्ग संघ भजनीका अध्यक्ष देवीराम जैशीको सभाध्यक्षमा भएको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिम् नेपालका सदस्य नरेन्द्र प्रसाद जैशीको प्रमुख आतिथ्यमा पुर्नताजकी तालिम मंगलबार समापन गरिएको हो । त्यस्तै बिशिस्टमा भजनी -३ का वडा सदस्य सत्रुधन चौधरी, पत्रकार खेम राज पाण्डे, पत्रकार पदम राज जैशी , पत्रकार यज्ञराज जैशी र अपाङ्गता भएका व्याक्तीहरुको उक्त तालिममा सहभागीता रहेको थियो ।





तालिममा लैङ्गकि समानता, खुल्ला छलफल र प्रश्नउत्तर स्थानीय तहको बजेट तर्जुमा सम्बन्धि पुर्नताजकी तालीम दिईएको थियो । पुर्नताजकी तालिममा चन्द्रकान्त पनेरु र नरेन्द्र प्रसाद जैशीले प्रशिक्षण दिनु भएको थियो ।





