
धनगढी । धनगढीमा रहेको एनडब्लुए कलेजमा बीएचएम अध्ययनरत् दुइ जना विद्यार्थीहरुले फ्रान्सको पेरिसमा रहेको स्टार होटलमा पेड इन्टर्नसिपको अवसर पारेका छन् ।



कलेजमा बीएचएम अध्ययनरत विद्यार्थीहरु अर्जुन सन्ज्याल र उमेश शर्माले पेरिस स्थित होटेलमा पेड इन्टर्नसिपको अवसर पाएका हुन् ।




उक्त होटेलमा विद्यार्थीहरुले काम सिक्दै आकर्षक पारिश्रमिक पनि पाउँनेछ ।



यसबाहेक विद्यार्थीहरुले विभिन्न देशमा रहेका स्टार होटलमा र नेपालकै विभिन्न होटेलहरुमा इन्टर्नसिपको अवसर पाइसकेका छन् ।




कम्तीमा पढ्दापढ्दै विद्यार्थीहरुले आफ्नो शैक्षिक शुल्क आफै तीर्न सक्ने बनाउँने र भविष्य सुनिश्चित गरिदिने कलेजको नीति अनुसार विद्यार्थीलाई जब प्लेसमेन्टको व्यवस्था गर्दै आएको कलेजका एकेडेमीक डाइरेक्टर भिम चौधरीले बताउनु भयो ।

उनका अनुसार होटल म्यानेजमेन्ट पढेका धेरै विध्यार्थी विदेश जाने गरेका छन् । होटल क्षेत्रमा राम्रो कमाइ हुने भएकाले नेपाली विद्यार्थीको रोजाइ विदेशका स्टार होटल पर्ने गरेको छ । अन्य विषय पढेका भन्दा यो विषय पढेकाको भिसा लाग्ने सम्भावना धेरै हुन्छ ।
‘होटल म्यानेजमेन्ट पढेर बेरोजगार बस्नु पर्दैन,’यसको सुन्दर पक्ष भनेको स्वउद्यम हो ।’ आफ्नो क्षमता अनुसार लगानी गरेर राम्रो व्यवसाय गर्न सकिने उनी बताउछन् । ‘रोजगारका लागि विदेश जनेको भीड छ । तर अध्ययन अनुसन्धान गरेर काम गर्ने हो भने नेपालमै धेरै गर्न सकिन्छ’ उनी भन्छन् ।
कलेजले भर्खरै मात्र जापान भएको एक कार्यक्रमा सर्वोत्कृट होटेल म्यानेजमेन्ट कलेज अफ दि ईयर २०२३ उपाधि समेत पाएको थियो । जापानको राजधानी टोकियोमा आयोजना गरिएको एक कार्यक्रममा ‘कलेज रिडर्स’ नामक संस्थाले एनडब्लुए कलेजका अध्यक्ष शैलेशकुमार सिंहले अवार्ड पाएका हुन्।
साथै कलेजमा युनिभर्सिटीले तोकेको छात्रवृत्ति बाहेक गरिब जेहेन्दार र मेहेनती विद्यार्थी, सरकारी स्कुल बाट आएका र राम्रो पढ्ने विद्यार्थीलाई समेत छात्रवृत्तिको व्यवस्था छ । कलेजमा विद्यार्थीहरू भौतिक पूर्वाधारप्रति आकर्षित भएर समेत आउने गर्दछन्। नेपालको विश्वविद्यालयको दरमा इन्टरनेसनल स्तरको पढाई हुने भएकाले यो अभिभाकको समेत पहिलो रोजाई बनेको छ।
व्यवहारिक खालको शिक्षा दिनुको साथै पढ्ने कुरा भन्दा पनि पढ्ने कला सिकाउनु यस कलेजको मुख्य विशेषता हो।