बौनिया । बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बर्दगोरिया -२ कैलालीको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष उमा शंकर अवस्थीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर यस्तै विशिष्ट अतिथिमा पालिका उपाध्यक्ष गणेशराज गिरी लालदिप रहेका थिए ।

संस्थाका कोषाध्यक्ष ध्वज बहादुर सुनारको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा सेयर सदस्य तथा व्यापारी केशव भण्डारी, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम, २ नम्बर वडा अध्यक्ष गोविन्द वि क लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विसं २०५७ देखि आफ्नो सेवा थालनी गरेको सो सहकारीमा हाल ४ सय ६७ शेयर सदस्य आबद्ध छन् भने कूल सम्पत्ति १ करोड १९ लाख रुपैयाँभन्दा माथि पुगेको संस्थाका प्रबन्धक बाबुराम पाण्डेले जानकारी दिएका छन ।

सहकारीले २४ औं वार्षिक उत्सवको अवसरमा संस्थाका पूर्व अध्यक्ष अजर सिंह मल्ल सेयर सदस्य तथा बायोवृद्धा बहादुर सिंह कडायत, विशिष्ट सेयर सदस्य चेतराज भट्ट, सेयर सदस्यहरू देव बहादुर विष्ट, जानकी रावत, निर्मला कुमारी चौधरी, हिरा देवी ढुङ्गाना, विष्णु पाण्डे नियमित बचतकर्ता तर्फ नर बहादुर रावल, सुजकला भण्डारी, मान बहादुर रावल, नर्पता देवी रावल, कौशिला देवी बम लगायतका थुप्रै सेयर सदस्यहरूलाई नगद तथा सम्मान-पत्र सहित सम्मान गरेको छ ।