बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टीपुर निवासी बर्दगोरियामा एम्बुलेन्स चालक पदमा कार्यरत गोकर्ण उपाध्यायको निधनमा शोक बिदा दिएकोहो । 

एम्बुलेन्स चालक गोकर्ण प्रसाद उपाध्यायको यही मिति २०८० साल पौष १२ गतेका दिन अल्पायुमै भएको असमायिक निधन प्रति बर्दगोरिया गाउँपालिकाले गहिरो दुःख प्रकट गर्दै शोक बिदा दिएको हो । 

मृतक उपाध्यायको चिर शान्तिको कामना गर्दै  मिति २०८० साल पौष १३ गते शुक्रवारका दिन यस बर्दगोरिया गाउँपालिका कार्यालय, सबै वडा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु ९आकस्मिक सेवा बाहेक बन्द रहने गरी १ दिन शोक विदा दिने सुचना मार्फत जानकारी गराएको छ ।