जोशीपुर । जोशीपुर गाउँपालिकाको आर्थिक वर्ष २०८० ⁄ ०८१ को बजेट ४४ करोड ३५ लाख ८४ हजार ४ सय हुने भएको छ ।


आइतबार गाउँपालिकाको बजेट उपाध्यक्ष रेखादेवी कठरियाले गाउसभामा प्रस्तुत गर्नुभएको छ ।



पूर्वाधार विकास तर्फ रु ७ करोड ४५ लाख रकम विनियोजन गरेको छ । गाउँपालिकाले ग्रामिण सडकको स्तरोन्नतीका लागि पक्की सडक पानी पिच, ग्रावेल, जस्ता निर्माण कार्यलाई निरन्तरता दिई आवश्यक बजेट विनीयोजन गरेको छ ।
भौतिक पूर्वाधार निर्माणका लागि अनुमान योग्य र प्रभावकारी योजनाका लागि पूर्वाधार विकास गुरु योजना, वस्ति विकास योजना, विस्तृत योजनाालाई जोड दिएको छ । घैला नाला र घुसरी काँढा नदिमा झुलुंगे फुल निर्माणाधिनको कार्यलाई अगाडी बढाउने छ । जोशीपुर गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि आवश्यक पहल गर्ने लगायतका कार्यक्रम ल्याएको छ ।
सामाजिक विकासतर्फ रु. २ करोड ४१ लाख विनियोजन गरेको छ । पोषण प्रवद्र्धन तथा सुत्केरी सेवालाई प्रभावकारी बनाउन पोषण कार्यक्रमलाई निरन्तरता दिएको छ। महिला स्वास्थ्य स्वयम् सेविका र आमा समूह मार्फत गाउँटोल सम्म स्वास्थ्य सेवा र परामर्श कार्यक्रमलाई जोड दिएको छ । जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र लगायत स्वास्थ्य संघसंस्थाहरुको स्तरउन्नतीका लागि संघिय र प्रदेश सरकार सँग आवश्यक पहल गर्ने लगायतको कार्यक्रम जोड दिइएको छ ।
जोशीपुर गाउँपालिकाले आर्थिक विकासतर्फ रु ९८ लाख विनियोजित गरेको छ । कृषि क्षेत्रको सुधारका लागि कृषिमा विविधिकरण, व्यवसायिकरण, आधुनिकिकरण कार्यक्रमलाई निरन्तरता दिएको छ । वास्तविक कृषकको पहिचानका लागि किसान सुचिकरण कार्यक्रम अगाडी बढाएको छ ।
त्यसै गरि कृषि तर्फ एक वडा एक उत्पादन कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, प्रधानमन्त्रि कृषि आधुनिकिकरण मार्फत राष्ट्रिय तथा स्थानिय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउने गरि विभिन्न वाली, वस्तुको साना व्यवसायिक उत्पादन केन्द्र विकास कार्यक्रमलाई व्यवस्थीत रुपमा संचालन गरिने लगायतको कार्यक्रम ल्याएको छ ।
वातावरण तथा विपद व्यवस्थापनका लागि रु. ४९ लाख विनियोजित गरेको छ । प्राकृतिक प्रकोपका कारण राहत, उद्धार तथा जोखीम न्यूनिकरण कार्यक्रम सञ्चालन गर्न प्रकोप व्यवस्थापन कोषको व्यवस्था, फोहरमैला व्यवस्थापनका लागि अनिवार्य शुल्क व्यवस्थापन, विपद तथा जलवायु अनुकुलन योजना मार्फत प्राकृतिक तथा मानविय जोखीमलाई न्यूनिकरण गर्ने लगायतका कार्यक्रमका लागि गाउँपालिकाका उपाध्यक्ष रेखा देवी कठरियाले सभमा बजेत प्रस्तुत गर्नुभयो । प्रस्तुत बजेटमाथि छलफल गरि गाउँपालिकाका सभाषदहरुले सर्वसहमतिबाट पारित गरेका छन् । प्रस्तुत गरेको बजेटमा संघीय वित्तिय समानिकरणबाट ११ करोड ६३ लाख, प्रदेश वित्तिय समानिकरणबाट १ करोड ८१ हजार, संघीय राजस्व बाँडफाँटबाट रु ९ करोड ६ लाख, प्रदेश राजस्व बाँटफाँडबाट २८ लाख ३० हजार, संघीय सर्शत अनुदानबाट १८ करोड २३ लाख, प्रदेश सर्शत अनुदानबाट २४ लाख ५० हजार, संघीय समपूरक अनुदानबाट ५० लाख र प्रदेश विशेष अनुदानबाट ४० लाख र आन्तरिक आयबाट १ करोड ६५ लाख बजेट आउने अनुमान छ ।अध्यक्ष चित्रबहादुर चौधरीले गाउसभाको अर्को बैठक असार २८ गते विहान ८ बजे बोलाउनु भएको छ । उक्त बैठकमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वधार सहयोग आयोजना कार्यान्वयन २०८० र शिक्षा सम्बन्धी व्यवस्था ऐन २०८० माथि छलफल हुनेछ ।