बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा माघी मिलन तथा धार्मिक पर्यटकीय तिर्थ मेलाको आयोजना गरिएको छ । वडा नम्बर ६ को कार्यालयको आर्थिक सहयोगमा, राम जानकी सेवा समाज भक्तिनिया अस्थान तिर्थ मेला व्यवस्थापन समितिले मेलाको आयोजना गरेको हो ।




भक्तिनिया अस्थान तिर्थ माघी मेला व्यवस्थापन समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमका बारेमा जानकारी गराएको छ । धार्मिक तथा सास्कृतिक तिर्थ मेलाको माघ १ गते बिहान ११ बजे उद्घाटन गरिनेछ ।



बर्दगोरिया ६ मा रहेको राम जानकी धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने र आन्तरिक पर्यटनको प्रवर्द्धनका साथै आपसी सद्भभावका लागि माघी मिलन सास्कृतिक कार्यक्रम तथा तिर्थ मेलाको आयोजना गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष राज कठरियाले बताउनुभयो ।




बर्दगोरिया गाउपालिका वडा नम्बर ६ स्थित रामजानकी मन्दिरको प्राङ्गणमा हुने कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथै विभिन्न झाकीहरु समेत प्रस्तुत गरिने छ । मेलामा थारु समुदायका परिकार र कला संस्कृति र मौलिकता झल्काउने भेषभुषा,नृत्य र पंचे बाजासहितको, झाँकीहरु, थारु पौराणिक लोक सास्कृतिक कार्यक्रमका साथै देउडा र दोहोरी गीतको समेत प्रस्तुति राखिने सास्कृतिक व्यवस्थापन समिति संयोजक खुशी रत्गैयाले जनाए ।



कार्यक्रममा विभिन्न थारु परिकार, हनुमान मम्दिर,कैलेस्वर बाबा मन्दिर, राम जानकी मन्दिर, नवनिर्मित झोलुंगे पुल लगाएत हुनेछ्न । यसैगरी स्थानीय तालमा बोटिङ समेत गर्न मिल्ने जनाइएको छ ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले धर्म, संस्कृतिको जर्गेना गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हुँदा सबैको उपस्थिति र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले मेलाको माध्यमबाट यहाँको प्रचारप्रसार, विकासका साथै पर्यटकीय क्षेत्रको सम्बर्द्धन र प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग मिल्ने अपेक्षा राखिएको बताउनुभयो ।