बौनिया । कैलालीको घोडाघोडी नगरपालिकाबाट एक वृद्ध बेपत्ता भएका छन् । गत कार्तिक २१ गते देखि हराएका उनी अझै सम्पर्कमा आएका छैनन् ।


अछामको मेल्लेख गाउँपालिका ५ सरानी घर भइ बिगत १ वर्ष देखि घोडाघोडी नगरपालिका ६ बसन्ता बस्दै आएका ७२ वर्षिय सर्पे खड्का बेपत्ता भएका हुन । मानसिक सन्तुलन खासै ठिक नभएका उनी कार्तिक २१ गते स्थानी साडेपानी बजार जान भनी बिहान ८ बजे घरबाट निस्केका थिए । त्यस यता उनी परिवारको सम्पर्कमा आएका छैनन् ।


“आफ्नो नाम बताउनु हुन्छ तर ठेगाना बताउन सक्नु हुन्न । म काटेगाउँको खड्का हुँ हजुर, खान दिइहल, बस्न दिइहल भन्नू हुन्छ । एक ठाउमा बस्न सक्नु हुन्न अनि आफू हिडेको बाटो पनि बिर्सिहाल्नु हुन्छ । म कामको शिलसिलामा भारतमा छु । बुवालाइ खोज्न आएको कुनै अत्तो पत्तो लाग्दैन ।” उनका छोरा हरिस खड्काले भने ।


उनलाई देख्ने जो कोहिले नजिकैको प्रहरी कार्यालय वा ९८६८५१७५०८ मा सम्पर्क गरिदिनु हुन परिवारले आग्रह गरेका छन ।