बौनिया/सागर चौधरी । कैलालीको बर्दगोरिया गाउँपालिकाको कार्यालयबाट सेवा निवृत्त हुनुभएका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्कीकाे विदाइ कार्यक्रम आइतबार  सम्पन्न भएकाे छ ।

बर्दगोरिया गाउँपालिकाका अध्यक्ष  कर्ण  बहादुर कुँवरकाे अध्यक्षतामा प्रमुख प्रशसाकिय अधिकृत अर्जुन सिंह कार्कीको प्रमुख आतिथ्यता एव पालिका  उपध्यक्ष गणेश राज गिरिको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

२०७५/०१/१३ देखि२०८०/७/१७ बर्दगोरिया गाउँपालिकामा प्रमुख प्रसाशकिय अधिकृतमा कार्यरत अर्जुन सिह कार्कीलाई गाउँपालिकाकाे तर्फबाट सम्मानपत्र,दाेसल्ला, मायाकाे चिनाेले सम्मान गर्दै आैपचारिक रूपमा बिदाई गरिएकाे थियाे । 

कोटातुल्सिपुर स्वास्थ्य चौकी प्रमुख  कृष्ण देव जोशीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले सेवा निवृत्त कार्कीले पालिकालाई ५ बर्ष ७ महिना सम्म अतुलनिय सहयाेग गरेकाे भन्दै उच्च प्रशंसा गरेका थिए ।

उनीहरूले सेवामा रहदा इमान्दारिता,लगनशीलता र मेहनत गरेमा  हुदा समाजमा समेत सम्मान हुने बताएका छन् । साे अवसरमा पालिका पूर्व अध्यक्ष  बालिरा चाैधरी,पुर्व उपाध्यक्ष भगवती देवि चौधरी ,१ नम्बर वडा  अध्यक्ष मिथुन गौतम  लगायतले सेवा निवृत अर्जुन सिंह कार्कीकाे सेवा निवृत्त जीवन सुखमय विताेस भन्दै कामना गरेका थिए । कार्यक्रमकाे सहजिकरण पालिका नि. प्रमुख प्रशसाकिय अधिकृत  गोबिन्दराज रेग्मीले गर्नुभएकाे थियाे ।