बौनिया, सागर चौधरी । दादुरा रुबेला खोप अभियान सम्बन्धि स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरु लाई वडास्तरीय अभिमुखीकरण कार्यक्रम बर्दगोरिया ५ न वडामा सम्पन्न भएको छ ।
शुक्रबार बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ५ को सभाहलमा स्थानीय जनप्रतिनिधि, विभिन्न विद्यालय शिक्षक प्रतिनिधि, संघ-संस्था प्रतिनिधि लगाए स्थानीय सरोकारवालाको सहभागीता रहेको थियो ।
कार्यक्रममा दादुरा, रुवेला रोगको न्यूनीकरण कसरी गर्न सकिन्छ ? यसमा स्थानीय आम सरोकारवाला पक्षकाे भुमिका कस्तो रहने भन्ने विषयमा छलफल भएको थियो ।

उक्त विषयमा आम सरोकारवाला पक्षले आआफ्नो धारणा व्यक्त थिए । सोही अनुसार सहभागीको तर्फ बाट बोल्दै श्री नारायण आधारभुत वि.का प्र.अ सुरेन्द्र प्रकाश जैशिले यस अभियानलाई सफल पार्न बिधालयको तर्फबाट आफुहरुले निस्वार्थ पुर्ण आआफ्नो भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने विद्यालय बाटै उक्त खोप लगाउने कार्यतालिका रहेको हुँदा सके सम्म खोप लगाउन बाट कुनै पनि बालबालिकालाई नछुट्ने कुरामा आफु विश्वस्थ रहेको बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै बर्दगोरिया गाउँपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष भोले चौधरीले आफ्नो वडामा उक्त अभियानलाई सशक्त रुपमा सम्पन्न गर्दै यसलाई थप प्रभावकारी बनाउन वडाले आफ्नो भुमिकामा कहि कतै नचुकी आफ्नो कर्तव्य पुरा गर्ने बताए । उक्त अभियानलाई सफल पार्न आम स्थानीय सरोकारवाल पक्ष तथा आम सञ्चार माध्यमको पनि अमुल्य भुमिका रहेको हुँदा सञ्चारकर्मीले पनि आआफ्नो स्थान बाट सहयोग गर्न अनुरोध गरे ।
जस अनुसार सुदूरपश्चिम प्रदेशका पनि ३ जिल्ला परेका छन । जुन कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा जिल्ला रहेका बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखा अधिकृत मीन बहादुर धामिले बताए ।
खोप लगाउनका लागि सरोकारवालसँग अभिमुखीकरण, खोप केन्द्रको तयारी, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकालाई अभिमुखीकरण कार्यक्रम गर्न थालिएको छ ।

खोप अभियान यहि जेठ २८ गते देखी असार १ गते सम्म संचालन हुने भएको छ । उक्त खोप स्थानीय सामुदायिक बिद्यालय बाट दिइने भएको हो । यस्तै जेठ २८ गतेका खोप केन्द्र श्री जनता आधारभुत वि. कोइली भुरुवा , जेठ २९ गतेका खोप केन्द्र श्री सरस्वती आधारभुत वि. बैदिपुर ,जेठ ३० गतेका खोप केन्द्र श्री नारायण आधारभुत वि. रामपुर ,जेठ ३१ गतेका खोप केन्द्र कैलाली ज्ञानज्योति बोर्डिङ स्कुल रामपुर,जेठ ३२ गतेका खोप केन्द्र न्यू स्तर बोर्डिङ स्कुल ठकुरद्ररा र असार १ गतेका खोप केन्द्र कोइलीभुरुवा स्वास्थ्य सेवा केन्द्रमा रहेको कोइलीभुरुवा स्वास्थ्य इकाई प्रमुख टीकाराम चौधरीले बताए I