बौनिया । कैलालीको बर्दगोरिया ६ को जोकाही देखि राजिपुर सम्म जोड्ने सडक खण्डमा आज देखि पानी पीचको काम शुरूवात भएको छ ।

बर्दगोरिया गाउँपालिका वार्ड नम्बर ६ को जोकाहि बाट सञ्चालन हुँदै गरेको यस वर्षको पहिलो बाटो सुधार तथा मर्मत कार्यको शुभारम्भ गर्दै पालिकाको १ देखि ६ वडा सम्म कुनै पनि सडक नछुटने प्रत्येक गल्ली गल्ली पानी पीच गर्ने प्रतिवद्धता जनाउँदै गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले नियमित काम अगाडि बढाउन निर्देशन दिँदै स्थानीयहरुको समेत यो कार्यमा साथ सहयोगको अपेक्षा समेत रहेको बताउनु भयो ।

बाटो पानी पीच गर्नु पूर्व गाउँ भित्रका सडक छेउछाउमा गाईगोरु नबाध्न अन्य सामान नराख्न बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौराले ३५ दिने सुचना जारी गरेका थिए ।

जस अनुसार उक्त पानी पीचको कार्य यस आर्थिक वर्ष ०८०/०८१ बिनियोजित बजेत बाट जोकाही देखि राजिपुर सम्म ४ किलोमीटर बाटो पानी पीच हुने भएको छ ।