के. आर. पाण्डेय भजनी । कैलालीको भजनीमा वर्ल्ड भिजन ईन्टर नेश्नल नेपाल र विकाशका लागि युवा एक्यवद्धता ( YARD) धनगढीको साझेदारीमा कैलाली जिल्लाको भजनी र टिकापुर नगरपालिकामा सञ्चालित समाबेशि तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्रगत भजनीका ४ वटा विद्यालय महेन्द्र मा.बि. पगियापसार , अमर आधारभुत विद्यालय भजनी ५ नयाँ बस्ती ,गणेशमान आधारभूत विद्यालय चर्रा र कर्मेश्वर मा.बि. कुटीमा विद्यालय स्थरको क्लब गठन गरी बालबालिकाहरुलाई बिपद जोखिम न्यूनीकरण सम्बन्धित अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

बिपत बाट हुन सक्ने जोखिम न्यूनिकरण गर्ने तथा बालबालिकाको शिक्षामा सुधार गर्ने उदेश्यले प्रत्येक विद्यालयमा १/१ दिने अभिमुखीकरण गरिएको यार्डका फिल्ड अफिसर पिताम्बर पौडेलले बताए । तालिमको सहजिकरण महेन्द्र माध्यमिक विद्यालयका शिक्षक श्याम बहादुर पौडेल खत्री र गणेशमा आधारभुत विद्यालयका प्रधानाध्यापक जादो लाल रायले गरेका थिए ।