खेम राज पाण्डे भजनी । कैलालीको भजनीमा रहेको वनदेवी सामुदायिक वन उपभोक्ता समुह भजनी २,६ र८ काटनपुर को १५ औं वार्षिक साधारणसभा समुहको शनिबार सम्पन्न भएको छ ।


समितीका अध्यक्ष बाबु राम चौधरीको अध्यक्षता भएको कार्यक्रमका कैलाली क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य माननीय गंगा राम चौधरी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सामुदायिक बनका उपभोक्ताले बन पैदावार मात्र उपभोग नगरी बनलाई हरियाली प्रबर्दन गर्नै तर्फ पनि लाग्नुपर्ने बताउनुभयो ।




साथै उहाले भजनी नगरपालिकालाई हराभरा र स्वच्छ नगर बनाउन स्थानिय सरकारले सहयोग गर्नु पर्ने रहेको छ।सामुदायिक वनहरुको पक्षमा रहेको र वनको निति निर्माणका क्रममा सामुदायिक वनसंग सहकार्य गरेर निति निर्माण गरिने बताउदै सफा सुन्दर ,हरियाली र बातावरण मैत्री नगर बनाउनु पर्ने र पर्य पर्यटक लागी हातेमालो गर्न आग्रह गर्नुभयो ।उक्त कार्यक्रममा कैलाली क्षेत्र नं ३ प्रदेश क (क) सभा सदस्य माननिय घन श्याम चौधरी, cfcc भजनीका अध्यक्ष खोज राम चौधरी,सब डिभिजन वन कार्यालय भजनीका वन रक्षक प्रकाश विक, चरा विज्ञ हिरुलाल चौधरी र छिमेकी सामुदायिक वन अध्यक्ष राहुल बुढा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा १२वटा विद्यालयका विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै पूर्व अध्यक्ष सामुदायिक वन,संरक्षण कर्मी , सुरक्षाकर्मी,भलमन्सा र पत्रकारलाई सम्मान गर्नु भएको छ।उक्त कार्यक्रममा विभिन्न संस्कृति कार्यक्रमको प्रस्तुति गर्नु भएको थियो ।सो अवसरमा समुहको गत आ.व २०७९/२०८० को प्रगती तथा आगामी आर्थिक वर्ष २०८०/२०८१बर्षको निति तथा कार्यक्रमको कार्यालय सचिव लक्षी राम चौधरीले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा समुहको आर्थिक वर्ष २०७९/२०८०को ४२ लाख २८ हजार ७ सय बराबरको आय व्यय बिबरण संस्थाका लेखापाल सुदिप कुमार चौधरीले प्रस्तुत गर्न भएको थियो । त्यस्तै संस्थाका उपाध्यक्ष केशव राजवंशीले स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालक पत्रकार धर्मेन्द्र विष्टले गर्नुभएको थियो ।भजनी नगरपालिका वार्ड नंं २,६र८ का उपभोक्त रहेको सामुदायिक बनको ४८६.१७हेक्टर क्षेत्रफल रहेको छ।