जेठ २०, काठमाण्डौ । दैलेखमा बुबाले कुटपिट गर्दा छोराको ज्यान गएको छ । जिल्ला सदरमुकाम नारायण नगरपालिका–९ सालखर्कका ७३ वर्षीय कविराज थापाले ४४ वर्षीय छोरा यादव थापालाई गए राति कुटपिट गरेका थिए।

CP-HOSPITAL

पारिवारिक विवादमा कुटपिट भएको र छोरा यादवको गर्धन, पाखुरालगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । घाइते अवस्थामा उपचारका लागि दैलेख अस्पताल पुर्‍याउँदै गर्दा छोरा यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो।

कुटपिटमा संलग्न कविराजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।