खेम राज पाण्डे भजनी । कैलालीको भजनीमा रहेको राधाकृष्ण सामुदायिक वन उपभोक्ता समुह भजनी २र३ रजवाराको १७ औं वार्षिक सार्वजनिक सुनुवाई तथा जन लेखापरीक्षण र साधारणसभा समुहको शनिबार सम्पन्न भएको छ ।


समितीका अध्यक्ष खुम बहादुर खड्काको अध्यक्षता तथा भजनी नगरपालिका वडा नं २का वडा अध्यक्ष दुर्गा पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले सामुदायिक बनका उपभोक्तााले बन पैदावार मात्र उपभोग नगरी बनलाई हरियाली प्रबर्दन गर्नै तर्फ पनि लाग्नुपर्ने बताउनुभयो ।



साथै उहाले भजनी नगरपालिकालाई हराभरा र स्वच्छ नगर बनाउन स्थानिय सरकार सामुदायिक वनहरुको पक्षमा रहेको र वनको निति निर्माणका क्रममा सामुदायिक वनसंग सहकार्य गरेर निति निर्माण गरिने बताउदै सफा सुन्दर ,हरियाली र बातावरण मैत्री नगर बनाउनु पर्ने र पर्य पर्यटक लागी हातेमालो गर्न आग्रह गर्नुभयो ।उक्त कार्यक्रममा सब डिभिजन वन कार्यालय भजनी वन रक्षक प्रकाश महर,cfcc भजनीका अध्यक्ष खोज राम चौधरी, पत्रकार धर्मेन्द्र विष्ट,जीवन चौधरी, दरवारी लाल चौधरी, जंगली प्रसाद चौधरी,विनु लाल चौधरी लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।

सो अवसरमा समुहको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने समुहको गत आ.व २०७९/२०८० को प्रगती तथा आगामी बर्षको निति तथा कार्यक्रम कोषध्यक्ष इन्द्र बहादुर विकले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा समुहका कोषाध्यक्षले ३३ लाख ९२ हजार ७ सय १७रुपैया बराबरको आय व्यय बिबरण प्रस्तुत गर्न‘भएको थियो । त्यस्तैकार्यसमिती सदस्य छवि राम पोख्रेलले स्वागत मनतव्य रहेको कार्यक्रमको सहजीकरण अर्जुन सोपले गर्नुभएको थियो ।भजनी नगरपालिका वार्ड नंं २ र ३ का करिब १हजार ८० घरधुरी उपभोक्त रहेको सामुदायिक बनको ४४६.७२ हेक्टर क्षेत्रफल रहेको छ।