खेम राज पाण्डेय, भजनी । कैलालीको भजनीमा घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बाल विकासले भन्ने नाराका साथमा नेपालमा प्रारम्भिक बालशिक्षा र विकासको सवलीकरण मापदण्ड कार्यान्वय परियोजना अन्तर्गत स्थानिय तहमा प्रारम्भिक बालविकास कार्यबिधि निर्माण सम्बन्धी परामर्श दुई दिने कार्यशाला सम्पन्न भएको छ।

उक्त कार्यशालाको आयोजना भजनी नगरपालिकाको तथा प्राविधिक सहयोग सेतोगुराँस राष्ट्रिय बालविकास सेवा र युनिसेफ रहेको थियो।प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७-२०८८को आधारमा भजनी नगरपालिकाको आयोजनामा संचालित कार्यशालाबाट यस कार्यविधिको नाम “भजनी नगरपालिकाको एकीकृत प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालन कार्यविधि २०८० हुने छ।

उक्त कार्यविधिमा अभिभावक शिक्षा कार्यक्रम र शिशु स्याहार कार्यक्रम लगाएतका विषयबस्तुमा परामर्श गरिएको थियो।उक्त कार्यक्रममा नगरप्रमुख केवल चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुर्य बहादुर सिंह,वडा अध्यक्ष, कार्यपालिका सदस्य र विषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो।

उक्त कार्यविधि सम्पूर्ण शाखामा छलफल गरेर अन्तिम रूपमा कार्यपालिका बैठकमा पेस गरिने र भजनी प्रारम्भिक बालविकास कार्यविधि निर्माण निर्माण भएपछि शैक्षिक सुधार हुने नगर प्रमुख चौधरीले बताए।कार्यशाला परामर्श सेतो गुराँस राष्ट्रिय बालविकास सेवाका पदम लिम्बू र अनुगमन,मूल्यांकन अधिकृत मोहनराज निरौलाले प्रशिक्षक गर्नु भएको थियो भने सहजीकरण भजनी नाप कार्यबिधि बालविकास संयोजक सविता चौधरीले गरेकी थिइन् ।उक्त कार्यक्रमको सञ्चालन भजनी नगरपालिकाका प्रशासन अधिकृत चन्द देव भट्टले गर्नु भएको थियो।