डोटी। डोटीको बडीकेदारमा धार्मिक मेला सुरु भएको छ । सुदूरपश्चिमको धार्मिक एवं पर्यटकीय स्थल बडीकेदार धाममा आजसहित तीन दिन मेला लाग्दै छ ।

बोगटान फुड्सिल गाउँपालिका र बडीकेदार गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने बडीकेदार धाममा ८ र ९ गते मेला लाग्ने र १० गते पूजा गरिने बताइएको छ ।

धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले एक महत्त्वपूर्ण तीर्थस्थलको रूपमा चिनिँदै आएको बडीकेदार धामको दर्शन गरेमा मनोकामना पूरा हुने भन्दै ठूलो सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् ।

मेलाको अवसरमा बडीकेदार गाउँपालिकाले १० गते सार्वजनिक बिदा दिएको छ ।