
शान्ति, सद्भाव र मित्रताका लागी आयोजना गरिएको प्रथम मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधी बर्दगोरियाका कर्मचारी टिमले उचालेको छ ।

शुक्रबारबाट सुरु भएको प्रतियोगिता आईतवार सम्पन्न फाईनल खेलमा आयोजक पत्रकार मञ्चलाई ५/० गोल अन्तरले पराजित गर्दै प्रथम मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधी उचाल्न सफल भएको हो । बिजेता बन्दै कर्मचारी टिमले ट्रफि संगै ४० किलोको खसी पुरस्कार प्राप्त गरेको छ ।




बरगोरिया पत्रकार मञ्चका अध्यक्ष कृष्ण प्रसाद ओझाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले प्रतियोगिता सफलता पुर्बक सम्पन्न गरेकोमा आयोजक समुहलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाले खेल रमाईलोको लागि भएकाले यस्ता प्रतियोगिताले आपसी शान्ती , सद्भाव र मित्रता कायम हुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पालिका उपाध्यक्ष गणेश राज गिरिले फुटबल प्रतियोगिताले शारीरिक संगै मनोरञ्जनपनि हुने हुदा यस्ता खेल अझै हुनु पर्ने आवश्यक रहेको बताउनु भयो ।

पत्रकार मञ्चक अध्यक्ष कृष्ण प्रसाद ओझाले मैत्रीपुर्ण फुटबल प्रतियोगितामा टिम सहभागिता गराई सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद प्रकट गर्नुभयो । साथै अध्यक्ष ओझाले भने यश प्रतियोगिताले निरन्तरता पाउने छ । हामिले यश प्रतियोगिताबाट केही सिक्ने अवसर पायौं ,आगमी प्रतियोगिता अझै उत्कृष्ट हुने छन ।

कार्यक्रममा वड नम्बर २ का अध्यक्ष गोविन्द बि क, कार्यपलिका सदस्य सरस्वती बि क, ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक लिलाराम आचार्य लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन मञ्चका सचिब गोबिन्द बि सि ले गर्नु भएको थियो ।