भजनी, खेम राज पाण्डेय । भजनी नगरपालिका र अस्थाई ट्राफिक पोष्ट भजनीले आयोजना गरेको अभिभावक संग ट्राफिक प्रहरी सचेतना कार्यक्रम गरी मनाइएको छ। सवारी दुर्घटनालाई न्युनीकरण गर्ने उद्देश्यले आयोजना भएको अभिभावक संग ट्राफिक कार्यक्रम गर्ने गरिएको छ।

कार्यक्रममा विभिन्न सचेतना मुलक ट्राफिक प्रहरीले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गर्दै आएको छ।ट्राफिकले बालबालिकामा ट्राफिक सचेतना अभिवृद्धि गराउने उद्देश्यले कक्षा सञ्चालन गरिएको जानकारी दिए। ‘सचेतना कक्षामा बाटोमा हिँड्दा र बाटो काट्दा ध्यान पुर्‍याउनुपर्ने कुरा एवं सडक सुरक्षासम्बन्धी आधारभूत कुरा जानकारी गराएका छौँ,’ उनले भने ।उक्त सचेतना कार्यक्रममा भजनी नगरपालिका नगर उप प्रमुख राजु तिरुवा, निमित्त प्रमुख प्रशासकीय अधिकृत कैलाश चौधरी,वडा अध्यक्ष १देखि ९सम्मका अध्यक्ष,कार्यपालिका सदस्य र सरोकारवालाहरुको सहभागिता रहेको थियो।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बिहानको लाइन लगाउने समयमा ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा दिने उनको भनाइ छ। यस्तै विद्यालयको समन्वयमा थप सचेतना कक्षासमेत सञ्चालन गर्ने अस्थाई ट्राफिक प्रहरी भजनीका प्रहरी हल्दार अम्बादत्त अवस्थीले जनाएको छन् ।
जीवन रक्षाका लागि दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीले गरिरहेको सेवा प्रवाहमा थप टेवा पुर्‍याउने उद्देश्यले आगामी दिनमा नगरपालिकाले पनि सहकार्य गर्ने नगर उप प्रमुख राजु तिरुवाले बताइन्। कार्यक्रममा सवारी दुर्घटनाबाट बचौँ र बचाऔँ, सवारी दुर्घटना न्युनीकरणमा तपाईँ हाम्रो भूमिकालगायत ट्राफिक सचेतना सम्बन्धी जानकारीमुलक सचेतना सञ्चालन गरिएको थियो।