बर्दगोरिया । शान्ति ,सद्भाव र मित्रताका लागी खेल भन्ने नाराका साथ बर्दगोरियामा पत्रकार मञ्चको आयोजनामा शुक्रबारबाट प्रथम मैत्रीपुर्ण फुटबल प्रतियोगिता सुरु भएको छ ।

बर्दगोरिया पत्रकार मञ्चका अध्यक्ष कृष्ण प्रसाद ओझाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । कार्यक्रमम बिशिस्ट अतिथी पालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले प्रतियोगिताले शुभ दिपावलिको अवसरमा सबैमा शान्ती, सद्भाव र मित्रता कायम होस भन्नुभयो ।

यसै गरि पालिका अध्यक्ष कुँवरले पत्रकार मञ्चले तिहार नजिकै सबैलाई एकजुट गराउने कार्य गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । यस्ता खेलकुदले आपसी मित्रता बढ्ने र शारीरिक रुपमा पनि फाईदा पुग्ने बताउदै आफू र पालिकाले गर्नु पर्ने सहयोग गर्ने बताउनु भयो ।

प्रतियोगितामा बर्दगोरिया गाउँपालिकाका आयोजक पत्रकार मञ्च सहित विभिन्न संघ संस्था गरि १३ टिमको सहभागिता रहेको छ । शुक्रवार भएको खेलमा संस्थागत शिक्षक ,बौनिया ब्यापारी र मुडा बजारका व्यापारी बिजयी भएका छन ।

संस्थागत शिक्षकले बौनिया बजार ब्यवस्थापन समितिलाई ३/० गोल अन्तरले पराजित गर्यो । यसै गरि बौनियाका ब्यापारिले बर्दगोरिया यातायात प्रालीलाई १/० गोल अन्तरले पराजित गर्दा मुडाका ब्यापारीले बैंकरको टिमलाई २/० गोल अन्तरले पराजित गर्यो । यसै गरि प्रतियोगितामा सनिवार बिहान ७;३० बजे बौनिया जेसिज र सुनचाँदी ब्यवसायी यसै गरि बिहान ९ बजे पत्रकार र सामुदायिक शिक्षक र बिहान ११ बजे जनप्रतिनिधि र स्वास्थ्यकर्मी बिच खेल हुने मञ्चका अध्यक्ष कृष्ण प्रसाद ओझाले जानकारी दिए । बर्दगोरिया कर्मचारी टिमले भने बाई पाउदै अर्को चरणमा प्रवेश गरेको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की ,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,विभिन्न संघ संस्थाका प्रतिनिधि लगाएत खेलाडीहरुको सहभागिता रहेकी थियो ।