बौनिया । शान्ति ,सद्भाव र मित्रताका लागी खेल भन्ने नाराका साथ बर्दगोरियामा पत्रकार मञ्चको आयोजनामा शुक्रबार १७/१८ गते प्रथम मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।

बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा हुन लागेको प्रतियोगिताले शुभ दिपावलिको अवसरमा सबैमा शान्ती, सद्भाव र मित्रता कायम होस भन्ने उद्देश्यले फुटबल हुन लागेको हो ।

प्रतियोगितामा बर्दगोरिया गाउँपालिकाका विभिन्न संघ संस्था गरि १४ टिमको सहभागिता रहने मञ्चका अध्यक्ष कृष्ण प्रसाद ओझाले जानकारी दिए ।

प्रतियोगितामा बर्दगोरियाका जनप्रतिनिधि ,कर्मचारी ,संस्थागत बिधालयका शिक्षक , सामुदायिक बिधालयका शिक्षक, सुन चादी ब्यवसायी संघ , पत्रकार , बजार समितिका पदाधिकारी, प्रहरी प्रशासन , बर्दगोरिया यातायात प्रा.लि, ब्यापारी, सुनचाँदी व्यवसायी संघको सहभागिता रहने छ ।