
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा वडा स्तरीय फुटबल प्रतियोगिता २०८० हुने भएको छ । वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबको आयोजनामा प्रतियोगिता हुने भएको हो ।


गत वर्षदेखि वडा स्तरीय फुटबल प्रतियोगिता गर्दै आएको आयोजक सहयोगी बेलुवा युवा क्लबले यसवर्ष पनि प्रतियोगितालाई निरन्तरता दिन लागिएको जनाएको छ ।



युवाहरूमा सामाजिक एकता, न्याय सभ्यता र व्यक्तितब विकास गरि सामाजिक उत्तरदायित्वको बोध गराउने र स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष महेश रावलले जानकारी दिए ।


प्रतियोगिता यही कार्तिक २० गतेदेखि पुरानो वडा कप खेलाइएको स्थानमा हुनेछ । प्रतियोगितामा प्रथम हुने टीमले २१ हजार १ सय ११ र दोस्रो हुनेले १० हजार १ सय ११ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न । खेल नक आउट चरणबाट खेलाइने आयोजकले जनाएको छ ।


प्रतियोगितामा सहभागी हुन चाहाने टीमले यही कात्तिक १२ गतेदेखि टीम दर्ता गर्न सक्नेछन ।