


बौनिया । कैलालीको बर्दगोरिया ६ मा नदिमा डुबेर दुई बालकको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका–६ मा तुल्सिपुर गाउँको पश्चिम काँडा नदिमा डुबेर स्थानीय योगेन्द्र मल्लका ८ वर्षिय छोरा आयुष मल्लको र दिपक मल्लका ९ वर्षिय छोरा दिप्सन मल्लको मृत्यु भएको हो ।

बिहिवार दिउसो करिब ४ बजे साथीसंगै बथिन्या कुन्दा काँडा नदिमा नुहाउन गएका मल्लको नदिमा डुब्न लागेका साथीलाई बचाउन जादा मृत्यु भएको हो ।


ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाका अनुसार नदिमा डुबेकका दुई जना लाई आफ्नतले बौनियाको बर्दगोरिया अस्पतालमा पुर्याउनु भएको थिए ।

अस्पताल पुगे लगत्तै उनीहरूलाई डाक्टरले मृत घोषणा गरेका थिए । मृतक दुबै बालकको शव पोस्टमार्टमका लागि टीकापुर लगेको ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जानकारी दिएका हो।













