बाैनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ स्थित पृथ्वीपुर बजार व्यवस्थापन समिति गठन गरिएको छ ।



कार्तिक ४ गते भएको बैठक बाट नयाँ कार्यसमितिका लागी तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिमा पृथ्वीपुर बजार व्यवस्थापन समितिका अध्यक्षमा प्यारेलाल डगौरा, उपाध्यक्ष हरिराम डगौरा, सचिव सागर चौधरी सह सचिव हरिनारायण कठरिया, कोषाध्यक्षमा मिना कठरिया चयन भएका छन् ।





यस्तै सदस्यहरुमा विष्णु कठरिया, राेशन कठरिया, पुजा कठरिया, लाल बहादुर कठरिया, प्रेम कठरिया, जुगराम डगौरा, गिता चौधरी , दिपेन्द्र चौधरी , रापेन्द्र चौधरी र लोकेन्द्र कठरिया लगायतका पदाधिकरीहरु चयन भएका हुन् ।